Fri. Sep 20th, 2024

नेपालमा आज पाँच हजार ८२५ थपिए, पाँच हजार ९०४ कोरोनामुक्त, ७५ को मृत्यु

काठमाडौं, २०७८ जेठ २० गते बिहीबार । नेपालमा कोरोनाभाइरसका पाँच हजार ८२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १८ हजार ५६२ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८२५ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ७६ हजार ९३६ पुगेको छ । हाल एक लाख एक हजार ८३९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले चौबीस घण्टामा पाँच हजार ९०४ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ६७ हजार ४६७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८१ प्रतिशत पुगेको छ ।

मन्त्रालयले चौबीस घण्टामा ७५ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ६३० जनाले ज्यान गुमाउन पुगेका छन् । हाल ८३१ जना क्वारेन्टिनमा छन् । गोरखापत्र अनलाईन

Facebook Comments