Fri. Sep 20th, 2024

नेपाल चीन कार्यकारी परिषदद्वारा गंगालाल हृदयरोग केन्द्रलाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं, २०७८ जेठ २० गते बिहीबार । नेपाल चीन कार्यकारी परिषदले आज काठमाडौंको सहिद गंगालाल अस्पताललाई अत्यावश्यक चिकित्सा उपकरण सहयोग गरेको छ । सो संस्थाले अक्सिजन कन्सीटेटर, पावर एन्ड-प्युरिफिंग रेसिपरेटर्स (पीएपीआर), पीपीई, शल्य चिकित्सा र एन ९५ मास्क, सर्जिकल गाउन, सेनिटाइजर कोभिड वार्डमा दिएको हो ।

परिषदका अध्यक्ष अनूप रन्जन भट्टराईले गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणी अधिकारीलाई आज सामाग्री हस्तान्तरण गर्नुभएको हो । उक्त उपकरण हस्तान्तरण गर्दै एनसीईसीका अध्यक्ष अनूप रन्जन भट्टराईले यस महामारीको पहिलो लहरदेखि नै यस संस्थाले नेपाली अस्पताललाई सहयोग पुर्याएको कुरा बताउनुभयो । यस संस्थाले गत वर्ष फेब्रुअरीमा चीनको युनान र सिचुआन प्रान्तमा मास्क, ग्लोभ र सेनिटाइजरहरू पनि प्रदान गरेको थियो जतिबेला चीनमा महामारी उच्च रुपमा फैलिएको थियो । पहिलो पटक नेपाली अस्पतालमा सर्जीकल सामानहरु प्रदान गरिएको बताउदै उहाँले डाक्टर र नर्सहरूको संरक्षणमा यसले महत्वपुर्ण मुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

शहिद गंगालाल अस्पतालमा कोरोनाको दोस्रो लहर आएसगै धेरै बिरामीहरु भर्ना भएका छन् । स्वास्थ्कर्मीको लागि आवस्यक पर्ने यस्ता खालका स्वास्थ्य सामाग्रीको अभावले चिकित्सक तथा नर्सहरुले सास्ती खेपीरहनुपरेको छ । यो सहयोगले स्वास्थकर्मीलाई संक्रमणबाट बचाउन धेरै सहयोग पुग्ने गंगालाल अस्पतालको बिश्वास छ ।

बुधवार, यस्तै उपकरण काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कोभिक एकाईलाई हस्तान्तरण गरिएको थियो भने। यसैगरी बाल–मास्क जस्तो केहि आवश्यक चीज पनि कान्ति बाल अस्पतालमा हस्तान्तरण गरिएको थियो ।

पछिल्लो खेप तिब्बती स्वायत्त क्षेत्र चीन (पीएएफएफसी टीएआर) को विदेशी देशहरूसँग मैत्री सम्बन्धको लागि चिनियाँ समकक्ष द पीपुल्स एसोसिएसनले उदारतासाथ ४ लाख रुपैयाँ दान गरेको थियो । २०२० को सुरूदेखि नै नेपाल चाइना कार्यकारी काउन्सिलले तीन चरणमा विभाजित पीएएफएफसी टीएआरबाट करिब १० लाख डलरको चिकित्सा सहयोग प्राप्त गरिसकेको छ ।

“चिनियाँ सहायता केवल काठमाडौंमा मात्र नभई देशका अन्य भागमा केन्द्रित छ । हामीले गत बर्ष भद्रपुरदेखि धनगढीसम्म देशभरिका २० सरकारी अस्पतालमा चिकित्सा सामग्री वितरण गरेका थियौं । हामीले भेन्टिलेटर, पीसीआर मेसिन हस्तान्तरण गरेका थियौं,  “भट्टराईले भन्नुभयो । उहाँले चीन र चिनियाँ जनता यस कठिन समयमा नेपाल र नेपाली जनताको साथ रहेको पनि उल्लेख गर्नुभयो । रे न्यूज डेली

Facebook Comments