Thu. Sep 19th, 2024

प्रधानमन्त्री ओलीलाई पुनः शपथ ग्रहण गराउन जसपाकाे माग

काठमाडौं, २०७८ जेठ २ गते आईतबार । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गरेको छ । शपथ ग्रहणको क्रममा ओलीले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्याएको भन्दै जसपाले विज्ञप्ति नै निकालेर पुनः शपथ ग्रहणको माग गरेको हो ।

गएको वैशाख ३१ गते प्रधानमन्त्री ओलीले शपथ ग्रहणका क्रममा त्यो पर्दैन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द दोहोर्याउनु भएको थिएन ।

यही विषयमा जसपा अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको भन्दै पुनः शपथ ग्रहण गराउन माग गर्नुभएको हो । उज्यालो अनलाईन

Facebook Comments