Fri. Apr 25th, 2025 02:40:02

अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो लगानी गन्तव्य

काठमाडौं, २०७८ बैशाक २३ गते बिहीबार । आर्थिक सहयोग तथा विकास संगठनले गत अप्रिल ३० तारिख सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष विश्वको प्रत्यक्ष लगानी अर्थात् एफडीआई १५ वर्षपछि सबैभन्दा तल्लो बिन्दुमा झरेको छ। तापनि बृद्धिदरलाई कायम राखेका थोरै मुख्य आर्थिक समूहमध्ये एकको रुपमा चीन अमेरिकालाई उछिन्दै विश्वको सबैभन्दा ठूलो लगानी गन्तव्य बनेको छ।

रोयटर्सले गत अप्रिल ३० तारिख उक्त कुरा जनाएको हो। सो समाचारका अनुसार आर्थिक सहयोग तथा विकास संगठनको उक्त तथ्याङ्कअनुसार नयाँ कोरोना भाइरसबाट विश्वको अर्थतन्त्रलाई गम्भीर ध्वस्त पारेको कारण सन् २०२० एफडीआई ३८ प्रतिशतले घटेको छ भने सन् २००५ देखियता सबैभन्दा तल्लो बिन्दुमा झरेको छ। गत वर्ष अमेरिकाका धेरै आर्थिक विभाग महामारीको कारण बन्द भएका छन्। चीन नै विदेशी लगानीको सबैभन्दा ठूलो गन्तव्य बनेको छ। सीआरआई

Facebook Comments