Mon. May 6th, 2024

नेपालका हिमालमा पुरानो फोहर धेरै, सेना र शेर्पाले ३५ टन सफा गर्दै

काठमाडौं, २०७८ बैशाक १० गते शुक्रबार । नेपालका हिमाली क्षेत्रमा प्रदूषण बढ्ने क्रममा रहेकोमा आरोही तथा हिमाल सफाइ अभियानकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। कोभिड महामारीका कारण धेरै भिड नभएको बेला नेपाली सेनाको अगुवाइमा छ वटा हिमाल सफाइ अभियान थालनी गरिएको बताइएको छ।

सन् २०२१ मा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ वटा हिमालबाट एकैसाथ झन्डै ३५ टन फोहोर सङ्कलन गर्ने लक्ष्य लिएको नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले बताए।

झन्डै रु. साढे १२ करोड खर्च हुने अनुमान गरिएको उक्त अभियानमा सगरमाथाका विभिन्न स्थानबाट आधार शिविरमा फोहर ल्याउनेलाई प्रतिकिलो रु १,६०० सम्म दिइने बताइएको छ। बिबिसी

Facebook Comments