Mon. Apr 29th, 2024

निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गरिने

काठमाडौं, २०७७ चैत २५ गते बुधबार भरतपुर महागनरपालिका-१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ पुल निर्माणमा प्राविधिक कमजोरीका कारण भत्किएको बताइएको छ ।

घटनास्थल पुग्नुभएका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पुल निर्माणमा प्राविधिक कमजोरीका कारण त्यो घटना भएको हो या निर्माण कम्पनीको त्रुटि वा लापरवाही के हो त्यसको छानबिन छिटो गर्ने विषयमा आफू तयार रहेको बताउनु भयो । प्राविधिक टोलीले यसको यथार्थ बुझ्ने काममा ढिलाई नहुने उहाँको भनाइ थियो ।

डिभिजन सडक कार्यालय भरतपुरबाट त्यहाँ खटिनुभएका इन्जीनियर विजय दराईले निर्माणको चरणमा रहेका कारण दुर्घटनाको अन्य कारण पनि हुनसक्ने बताउँदै कच्चा पदार्थ र स्टक्चर डिजाइनभन्दा बाहिर काम नभएको दाबी गर्नुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीसंग सोमबार आएको भूकम्प यसको कारण हुनसक्ने बताउनुभयो । इन्जिनियर दराईका अनुसार मंगलबारदेखि नै लट्ठा तान्ने तयारी गरिएको थियो ।

तीन वटा आरसीसी कंक्रिट स्पान र नदीको बहाव क्षेत्रमाथि स्टिल संरचनामा निर्माणाधीन उक्त पुलको भरतपुर तर्फको दुईवटा स्पान पूरै खसेको छ भने निर्माणको क्रममा रहेको स्टिल संरचना समेतमा असर परेको छ । पुल भत्केको जानकारी पाएपछि घटनास्थल पुगेर यसको जानकारी लिनु भएका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कार्यस्थलमा खटिएका प्राविधिक एवं निर्माण समितिका पदाधिकारी एवं स्थानीय बासिन्दासँग यस विषयमा बुझेको जानकारी दिनुभयो ।

उहाँले पुल निर्माणमा प्राविधिक कमजोरीका कारण त्यो घटना भएको हो या निर्माण कम्पनीको त्रुटि वा लापरवाही के हो त्यसको छानबिन छिटो गर्ने विषयमा आफू तयार रहेको बताउनुभयो । प्राविधिक टोलीले यसको यथार्थ बुझ्ने काममा ढिलाइ नहुने उहाँको भनाइ थियो । कृष्ण अधिकारीका अनुसार इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभीसँग शुरुआतमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुल पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर २१ करोड ६८ लाख रुपिंयाँ पुगेको थियो । तीन बटा कंक्रिट स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने उक्त पुल दुई सय २० मिटर लामो छ ।

निर्माण कम्पनीका प्रमुख योगेन्द्र कँडेलका अनुसार पुलमा क्रङ्किट स्पानको काम सकिएको र स्टील ट्रष्ट निर्माणको अवस्था थियो । उहाँले आफू काठमाडौंमा रहेको दुई वटा स्पान खसेको जानकारी प्राप्त भएको बताउनुभयो । पुल निर्माण समितिका अध्यक्ष चक्रपाणि पौडेलको देहवसान भएको भोलिपल्ट बिहान उज्यालो हुन पूर्व पुलसमेत भत्किने संयोग मिल्न पुगेको छ । उहाँ अशक्त भएका कारण केही समय अगाडिदेखि उपाध्यक्ष टंकनाथ पौडेलले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । यस अघि तनहुँको देवघाट जोड्ने भरतपुर २९ दासढुंगाको त्रिशूली नदीको पुल निर्माणको क्रममा स्टील टष्ट खसेको थियो ।

पुल निर्माण समतिका अध्यक्ष पौडेलले असार मशान्त अगावै सम्पन्न गरी उद्घाटनको तयारीमा रहेको उक्त पुल निर्माणको काम पछिल्लो समयमा रफ्तारमा भइरहेको थियो ।

पुल नजिकै पोल्ट्री फार्म सञ्चालन गरी रहनुभएका अमित लामाका अनुसार बिहान ४ बजेर २८ मिनेट जाँदा ठूलो आवाजका साथ पुल भत्किएको हो । उहाँले नै पुल भत्किएको खबर आफूले चिनेका मानिसहरुलाई गर्नुभएको थियो । गोरखापत्र

Facebook Comments