Sun. Apr 28th, 2024

चीनबाट उत्पादित रेडियो दूरबीन मार्च ३१ तारिखदेखि विश्वका लागि खुला

काठमाडौं, २०७७ चैत १८ गते बुधबार  पैचिङ समय अनुसार मार्च ३० तारिख मध्यरातीदेखि विश्वको सबैभन्दा ठूलो र संवेदनशील, पाँच-सय मिटर अपार्चर गोलाकार भएको‘चिनियाँ आकाशे आँखा’ नामक रेडियो दूरबीन (फास्ट) को प्रयोग औपचारिक रूपमा विश्वव्यापी खुला भएको छ जसबाट अन्तर्राष्ट्रिय वैज्ञानिक क्षेत्रसँगको सहयोगलाई सबल पारिने चीनको इच्छा देखाइएको छ।

मार्च ३१ देखि मे १५ तारिखसम्मको डेढ महिना फास्टको प्रयोगको लागि विदेशी आवेदन समय भएको फास्टका चीफ इन्जिनियर च्याङ फङले जानकारी दिनुभयो।

प्राप्त जानकारी अनुसार, सो रेडियो दूरबीन सन् २०२०को जनवरी ११ तारिखदेखि प्रयोगमा ल्याइएदेखि यता, पत्ता लगाइएका पल्सरको संख्या ३०० भन्दा बढी भएको छ र फास्ट रेडियो बस्टको अध्ययनमा ठूलो प्रगति हासिल गरिसकेको छ। सीआरआई

Facebook Comments