चीनले उपलब्ध गराएको कोभिड विरुद्धको ‘भेरोसेल’ खोप नेपाललाई हस्तान्तरण
- चिनियाँ खोप काठमाडौं आईपुग्यो
काठमाडौं, २०७७ चैत १६ गते सोमबार चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी-३३० अन्नपूर्ण जहाजबाट कोभिड-१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ८:४५ बजे काठमाडौं आइपुगेको हो ।
चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा गराएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गर्नुभयो ।
त्रिभुवन विमानस्थलमा आयोजित खोप हस्तान्तरण कार्यक्रममा बोल्दै राजदुत यान्छीले चीन सरकारले उपलब्ध गराएको खोपले एकता, समझदारी र मित्रताको नमूना पेस गरेको जानकारी दिनुभयो ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको ‘भेरासेल’ खोपको आठ लाख डोज सोमबार बिहान काठमाडौं आइपुग्नु नेपाल र चीनबीच रहेको आमित्य सम्बन्धको उदाहरण भएको चिनियाँ राजदुत होउ यान्छीले बताउनु भएको छ ।
उहाँले कोरोनाबिरुद्धको लडाईमा चीन र चिनियाँ नागरिकप्रति नेपाल र नेपालीले देखाएको विश्वास, साथ र सहयोगका लागि आभार पनि व्यक्त गर्नुभएको थियो ।
चिनियाँ खोप नेपाल आउनुले नेपाल र चीनबीचको उच्च स्तरको मित्रताको उदारहण प्रस्तुत गर्नुका साथै नेपाली र चिनियाँ समुदायबीचको साझा भविष्यप्रति दृष्टान्त प्रस्तुत गरेको राजदुत यान्छीको भनाइ रहेको थियो ।
उहाँले कोरोनाबिरुद्धको लडाईमा चीन र चिनियाँ नागरिकप्रति नेपाल र नेपालीले देखाएको विश्वास, साथ र सहयोगका लागि आभार पनि व्यक्त गर्नुभएको थियो ।
चिनियाँ खोप नेपाल आउनुले नेपाल र चीनबीचको उच्च स्तरको मित्रताको उदारहण प्रस्तुत गर्नुका साथै नेपाली र चिनियाँ समुदायबीचको साझा भविष्यप्रति दृष्टान्त प्रस्तुत गरेको राजदुत यान्छीको भनाइ रहेको थियो ।
उक्त खोपलाई टेकुस्थित स्वास्थ्यसेवा विभागको चिस्यान केन्द्रमा राखिने छ । चीनले अनुदानमा उपलब्ध गराउने उक्त खोप लिन हिजो (आइतबार) मात्र वायुसेवा निगमको जहाज त्यसतर्फ गएको थियो ।
यसअघि भारत सरकारले पनि नेपाललाई १० लाख मात्रा खोप उपलब्ध गराएको थियो उक्त खोपलाई दुई देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । भेरोसेल खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अनुमति दिन बाँकी रहेको छ । चीन सरकारले खोपको अनुमति प्राप्तका लागि डब्लुएचओमा निवेदन दिइसकेको छ ।
स्वास्थ्यसेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले डब्लुएचओले अनुमति प्राप्त नदिए पनि खोप लगाउन पाइने जानकारी गराउनुभयो । “उत्पादन गरेको सम्बन्धित देशले खोपको प्रयोगका लागि अनुमति दिइसकेर लगाएपछि हामीले पनि उक्त खोप प्रयोग गर्नका लागि कुनै कानूनी बाधा अड्चन आउँदैन” उहाँले भन्नुभयो, “उत्पादन गरेको देश र अन्य देशले पनि लगाइसकेको हुनाले हामीले पनि चाँडै नै यही खोप लगाउँछौ ।”
उहाँका अनुसार खोप लगाउने प्राथमिकतामा परेका व्यक्तिको बारेमा निर्णय गरेर खोप अभियान पुनः सञ्चालन गरिने छ । नेपालमा अहिलेसम्म उपलब्ध २३ लाख ४८ हजार मात्रामध्ये १८ हजार मात्रा खोप लगाइसकेको छ । बाँकी पाँच लाख ४८ हजार मात्रा र अहिले चीनबाट प्राप्त आठ लाख मात्रा खोप रहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो ।
यस्तै भारत सिरम इन्स्च्यिुट कम्पनीले उत्पादन गरेको खोप ‘कोभिशिल्ड’ खोपको १० लाख मात्रा खरीद गरेको खोप अझै आइपुगेको छैन । खोप समयमा नै नआएपछि सरकारले दोस्रो चरणको खोप अभियान स्थगित गर्नुपरेको थियो ।