Sun. Sep 22nd, 2024

चिनियाँ राष्ट्रिय जन काँग्रेसद्वारा हङकङसम्बन्धी महत्वपूर्ण निर्णय पारित

काठमाडौं, २०७७ फागुन २८ गते शुक्रबार 

 तेह्रौँ चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको चौथो अधिवेशनले “हङकङ विशेष प्रशासनिक क्षेत्रको निर्वाचन व्यवस्थाको सुधार गर्ने सम्बन्धमा चिनियाँ राष्ट्रिय जन काँग्रेसको निर्णय” पारित गरेको छ। यो चीनले “एक देश दुई व्यवस्था”लाई पालना गर्ने र सुधार गर्ने, हङकङको दीर्घकालीन शान्तिको संरक्षण गर्ने ठूलो कदम हो।

यसले “मातृभूमिलाई माया गर्ने व्यक्तिले हङकङको शासन गर्ने” प्रणालीलाई व्यवहारमा उतार्नका लागि दृढ व्यवस्थाको प्रत्याभूति उपलब्ध गराउने छ। सीआरआई

Facebook Comments