Sat. Sep 21st, 2024

विप्लव प्रहरीको स्कर्टिङमा नवलपरासीबाट काठमाडौं आउँदै

काठमाडौं, २०७७ फागुन २१ गते शुुक्रबार

आज काठमाडौंमा सार्वजनिक हुनका लागि आउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव पूर्वी नवलपरासीबाट बिदा हुँनु भएको छ । चन्दलाई पूर्बी नवलपरासीमा आज विहान सवेरै उहाँका कार्यकर्ताले बिदाई गरेका हुन ।

आज बिहान ३ बजे नवलपरासी आईपुग्नु भएका बिप्लव केही बेर आराम गरेर प्रहरीको स्कटीङमा काठमाडौं आउन लाग्नु भएको हो । सरकार र विप्लव पार्टीबीच बिहीबार भएको तिन बुदे सहमती पश्चात आज दिउँसो दुई बजे राष्ट्रिय सहभागृहमा विशेष कार्यक्रम आयोजना गदिँदैछ । त्यही कार्यक्रममार्फत विप्लव सार्वजनिक हुँनुहुँदैछ ।

सो कर्याक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव दुवैले सम्बोधन गर्ने भने तीन बुँदै सहमति पत्रमा हस्ताक्षर पनि गर्ने कार्यक्रम रहेको छ । विप्लव समूहसँगको सहमतिपछि २०७५ फागुन २८ देखि लगाइएको प्रतिबन्ध बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हटाउने निर्णय गरेको थियो।

Facebook Comments