१३औं चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन मार्च ४ तारिख शुरु हुने
काठमाडौं, २०७७ फागुन १९ गते बुधबार
१३औं चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको चौथो सम्मेलनको पत्रकार सम्मेलन मार्च ३ तारिख पैचिङमा आयोजना भएको छ। यस सम्मेलनका प्रवक्ता को वै मिनले चिनियाँ र विदेशी मिडियालाई यस पटकको सम्मेलनको बारेमा संक्षिप्त जानकारी र पत्रकारहरूको प्रश्नको उत्तर दिनुभएको छ।
उहाँका अनुसार १३औं चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको चौथो सम्मेलन मार्च ४ तारिख दिउँसो ३ बजे जन बृहत सभाभवनमा आयोजना भएर १० तारिख सम्पन्न हुने छ। यस सम्मेलनमा उद्घाटन समारोह,समापन बैठक,दुईवटा सम्मेलन भाषण र छ वटा समूह बैठकको बन्दोबस्त गरिएको छ। सीआरआई
Facebook Comments