Mon. Apr 14th, 2025 11:24:26

करिश्मा मानन्धर आजदेखि महानायिका

Karisma Manandar

dav

काठमाडौं, २०७७ माघ २४ गते शनिबार

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा चलचित्र निर्मात्री करिश्मा मानन्धरलाई आज महानायिका घोषित गरिएको छ ।

dav

आर के इन्टरटेनमेन्ट ग्रुपको विसौं वार्षिकोत्वको अवसरमा शनिवार राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले मानन्धरलाई महानायिकाको पदवी प्रदान गर्नुभएको हो ।

dav

नेपाली चलचित्रक्षेत्रमा एउटी सामान्य अभिनेत्रीको रुपमा प्रवेश गर्दै विगत ३५ वर्षमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेवापत मानन्धरलाई महानायिकाको सम्मान प्रदान गरिएको कार्यक्रम आयोजक संस्था आर के इन्टरटेनमेन्ट ग्रुपका अध्यक्ष राम केसीले बताउनु भयो ।

dav

महानायिका करिश्मा मानन्धर (केसी) को जन्म सन् १९७१ सालमा ललितपुरमा भएको हो । उहाँ नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिनु हुन्छ ।

dav

करिश्मा अहिले चलचित्र निर्माणमा समेत सक्रिय हुनुहुन्छ । उहाँको पहिलो चलचित्र वि.सं. २०४२ सालमा बनेको सन्तान हो । त्यसबेला उहाँ मात्र १४ वर्षकी हुनुहुन्थ्यो । त्यस फिल्ममा उहाँले नायक भुवन केसीसँग काम गर्नुभएको थियो ।

dav

कस्तुरी चलचित्रमा काम गरेपछि उहाँले चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गर्नुभयो । विवाह पश्चात् उहाँ चर्चाको शिखरमा समेत पुग्नु भयो । यसै कारण उहाँ करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चिनिनुहुन्छ । उहाँको एउटी छोरी कविता मानन्धर हुनुुहुन्छ ।

dav

सन् २००७ को नोभेम्बरमा उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत प्राप्त गर्नुभयो । केही स्रोतअनुसार उहाँको बाल्यकाल गरिबी र अभावमा बितेको थियो ।

चर्चित अभिनेत्री तथा चलचित्र निर्मात्री करिश्मा मानन्धरलाई महानायिका घोषित हुनुभएकोमा भ्वाईस अफ काठमाडौंकोतर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

Facebook Comments