२०८३ मंसिर ३, बिहीवार

चीन-अमेरिका सम्बन्धलाई सही दिशामा अघि बढाउन निरन्तर प्रयास गर्नुपर्नेमा सीको जोड, ट्रम्पसँग भेटवार्ता

- एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) को ३३ औँ शिखर सम्मेलन

१९ नोभेम्बर २०२६ मा, दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शेन्झेनमा, चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभयो। राष्ट्रपति ट्रम्प ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन चीन आउनुभएको थियो। (सिन्ह्वा/यान यान)

       

शनचन (चीन) । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिकाबीचको सम्बन्धलाई सही दिशामा अघि बढाउन दुवै देशले निरन्तर संयुक्त प्रयास गर्नुपर्ने बताउनुभएको छ । चीनको दक्षिणी सहर शनचनमा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका क्रममा राष्ट्रपति सीले भविष्यलाई लक्षित गर्दै दुई देशबीचको सम्बन्धरूपी विशाल जहाजलाई सही दिशामा अघि बढाउनुपर्ने बताउनुभएको हो ।

१९ नोभेम्बर २०२६ मा, दक्षिण चीनको ग्वाङडोङ प्रान्तको सेन्जेनमा, चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभयो। राष्ट्रपति ट्रम्प ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन चीन आउनुभएको थियो। (सिन्ह्वा/ली ताओ)

ट्रम्प नोभेम्बर १८ र १९ मा हुने ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) नेताहरूको बैठकमा सहभागी हुन चीनको दक्षिणी सहर सेन्जेन पुग्नुभएको हो ।

भेटवार्ताका क्रममा राष्ट्रपति सीले चीन-अमेरिका सम्बन्ध समग्रमा स्थिर र सकारात्मक दिशामा अघि बढिरहेको बताउनुभयो । यसबाट दुवै देशका जनताले ठोस लाभ प्राप्त गरेको र विश्वमा स्थिरता तथा निश्चितता कायम गर्न सहयोग पुगेको उहाँको भनाइ थियो ।

सीले आफू र ट्रम्पले दुई ठूला राष्ट्रका रूपमा चीन र अमेरिकाले आपसी सम्बन्ध कसरी अघि बढाउने भन्ने विषयमा संयुक्त रूपमा सही मार्ग पहिल्याएको उल्लेख गर्नुभयो । साथै, रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन-अमेरिका सम्बन्धको नयाँ स्थान निर्धारण गरिएको तथा पारस्परिक सम्मान, निष्पक्षता र पारस्परिक लाभका आधारमा त्यसलाई नयाँ अर्थ प्रदान गरिएको उहाँले बताउनुभयो ।

यो नयाँ अवधारणालाई चीन र अमेरिकाका जनता तथा अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको पनि राष्ट्रपति सीले उल्लेख गर्नुभयो ।

१९ नोभेम्बर २०२६ मा, दक्षिण चीनको ग्वाङडोङ प्रान्तस्थित शेन्झेनमा, चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभयो। राष्ट्रपति ट्रम्प ३३औँ एसिया-प्रशान्त आर्थिक सहयोग (APEC) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन चीन आउनुभएको थियो। (सिन्ह्वा/यान यान)

रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन-अमेरिका सम्बन्ध निर्माण गर्नु अभूतपूर्व र अग्रगामी प्रयास भएको बताउँदै उहाँले अहिले देखिएको सकारात्मक गतिलाई निरन्तरता दिन दुवै राष्ट्रप्रमुखबीच भएका सहमतिलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

दुवै पक्षले रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन-अमेरिका सम्बन्ध निर्माणका लागि कार्ययोजना तयार पार्ने सहमति गरेका छन् ।

राष्ट्रपति सीले आर्थिक तथा व्यापारिक विषयमा संवाद सुदृढ गर्न, एकअर्काका चासोलाई सम्बोधन गर्न र पारस्परिक लाभ हुने दिशामा काम गर्न दुवै पक्षलाई आग्रह गर्नुभयो ।

लागूऔषध नियन्त्रण, गैरकानुनी आप्रवासीलाई स्वदेश फिर्ता गर्ने तथा दूरसञ्चार र अनलाइन ठगीविरुद्धको अभियानमा चीन र अमेरिकाबीचको सहकार्यले सकारात्मक नतिजा दिएको उहाँले बताउनुभयो । पारस्परिक सम्मान, निष्पक्षता र लाभका आधारमा यस्तो सहकार्यलाई थप गहिरो बनाउन सकिने उहाँको भनाइ थियो ।

कृत्रिम बौद्धिकता (एआई) का कारण उत्पन्न हुन सक्ने सुरक्षा जोखिम नियन्त्रण गर्न तथा एआई सधैँ मानव नियन्त्रणमा रहने सुनिश्चित गर्न चीन र अमेरिकाले संवाद र समन्वय सुदृढ गर्नुपर्नेमा पनि राष्ट्रपति सीले जोड दिनुभयो ।

ताइवानको प्रश्नमा भने अमेरिकी पक्षले सही कदम चाल्नुपर्ने र चीन-अमेरिका सम्बन्धमा गम्भीर अवरोध उत्पन्न हुने अवस्था आउन दिन नहुने राष्ट्रपति सीले बताउनुभयो ।

भेटवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू र राष्ट्रपति सीले संयुक्त रूपमा अमेरिका-चीन सम्बन्धको विकासलाई मार्गनिर्देशन गरेको बताउनुभयो । द्विपक्षीय सम्बन्धको स्थिर विकासमा देखिएको सकारात्मक गतिलाई दुवै पक्षले कायम राख्नुपर्ने उहाँको भनाइ थियो ।

अमेरिकाले ‘ताइवान स्वतन्त्रता’ लाई समर्थन नगर्ने पनि राष्ट्रपति ट्रम्पले बताउनुभयो ।

Facebook Comments