दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट तीन हजार ५८५ यात्रु लाभान्वित
- नेपाल प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
- दुई दिनमा नेपाल प्रहरीका बसबाट एक हजार ४०६ यात्रुले सेवा लिए
- सशस्त्रका बसबाट दुई हजार १७९ यात्रुले यात्रा गरे
काठमाण्डू । दसैँ पर्वका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट काठमाण्डू उपत्यकामा तीन हजार ५८५ यात्रु लाभान्वित भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा गरेका छन् ।
त्यस्तै, सशस्त्र प्रहरी बलका दुईवटा बसबाट अष्टमी, नवमी र दशमीका दिन दुई हजार १७९ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । दसैँका समयमा सार्वजनिक सवारीसाधनको कमी हुने भएकाले यात्रुको आवागमन सहज बनाउन निःशुल्क बस सेवा सञ्चालन गरिएको हो । रासस
Facebook Comments

