२०८३ आश्विन १२, सोमवार

पाकिस्तानद्वारा बाढीबाट प्रभावित नेपाललाई १०० टन राहत सामग्री हस्तान्तरण

       

भिओके समाचार/काठमाण्डू । विनाशकारी बाढी र पहिरोबाट प्रभावित जनतालाई सहयोग पुर्‍याउने उद्देश्यले पाकिस्तानले नेपाललाई १०० टन राहत  सामग्री हस्तान्तरण गरेको छ।

टेन्ट, कम्बल, म्याट, सरसफाइका सामग्री (हाइजिन किट) र औषधिहरू समावेश गरिएको उक्त राहत सामग्री आज काठमाण्डू आइपुगेको हो।

राजदूत महामहिम आमिर खानले माननीय मन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गर्दै नेपाली जनताप्रति पाकिस्तानको अटल समर्थन र ऐक्यबद्धता पुनः व्यक्त गर्नुभयो।

राजदूत आमिर खानले नेपाली जनताप्रति पाकिस्तानको समर्थन अटल रहेको बताउनुभयो र यस कठिन घडीमा नेपाल सरकार तथा जनताप्रति पाकिस्तानको ऐक्यबद्धता दोहोर्‍याउनुभयो।

पाकिस्तानले बाढी र पहिरोबाट पीडित परिवार तथा प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछ र नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण सहयोग उपलब्ध गराउन तत्पर रहेको छ।

Facebook Comments