२०८३ भाद्र २२, सोमवार

नेपाली युवा बक्सर अविरल घिमिरे विश्व च्याम्पियन

       
  • अविरल घिमिरे विश्व किक बक्सिङ च्याम्पियन बने ।
  • फ्रान्सका सन् २०२५ का विश्व च्याम्पियन चोइनार्ड नकआउट ।
  • २९ अन्तरराष्ट्रिय खेलमा २१ जित, २० नकआउट ।

काठमाण्डू । नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ विश्व च्याम्पियन बनेका छन् । जापानको नागोया सहरस्थित करिया हलमा आज सम्पन्न ‘हिट किक बक्सिङ-५९’ अन्तर्गत विश्व च्याम्पियनसिपको मेन इभेन्टमा घिमिरेले फ्रान्सका माथन चोइनार्डलाई नकआउट गर्दै उपाधि जित्नुभएको हो ।

सन् २०२५ का विश्व च्याम्पियन चोइनार्डलाई घिमिरेले दोस्रो राउण्डको दोस्रो मिनेटमा कडा मुक्का प्रहार गर्दै नकआउट गर्नुभएको थियो ।

घिमिरेले हालसम्म २९ वटा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुभएको छ । उहाँले २१ वटा खेलमा जित हासिल गर्नुभएकोमा २० वटा खेल नकआउटमार्फत जित्नुभएको छ ।

उपाधि जितेपछि घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने बताउनुभएको छ । उहाँले आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ । रासस

Facebook Comments