२०८३ भाद्र २२, सोमवार

टिमुरे सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा पुनःस्थापित

       
  • टिमुरे सीमा नाकामा राष्ट्रिय झण्डा पुनःस्थापित ।
  • सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा झण्डा राखियो ।
  • तीन किलोमिटर जोखिमयुक्त भीर पार गरेर टोली सीमा नाकामा पुग्यो ।

 काठमाण्डू ।  रसुवाको टिमुरेस्थित नेपाल-चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा पुनःस्थापित गरिएको छ ।

गोसाइकुण्ड गाउँपालिका-२, रसुवागढीस्थित अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो ।

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) टिमुरेबाट गएको टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भीर पार गरी सीमा नाकामा झण्डा राखेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । रासस

Facebook Comments