२०८३ भाद्र ९, मंगलवार

सुन र चाँदीको भाउ घट्यो, सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपियाँमा कारोबार हुँदै

       
  • सुन तोलामा ५०० रुपैयाँ घट्यो ।
  • चाँदी ६५ रुपैयाँले सस्तियो ।
  • सुन ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार ।

काठमाण्डू । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५०० रुपैयाँले घटेर ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको छ । सोमबार ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ४ हजार ९०० रुपैयाँमा झरेको हो ।

यससँगै सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ ।

Facebook Comments