२०८३ श्रावण ३१, आइतवार

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा   

       

ललितपुर । हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको धापाखेलस्थित नागदहमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको यस वर्ष सोमबार लाग्ने नागपञ्चमीको प्रचारप्रसार, सुरक्षा, सरसफाइ, गङ्गा आरती, पूजा, बजार व्यवस्थापनलगायत तयारी पूरा भएको हो

ललितपुर महानगरपालिका२४ का वडाध्यक्ष एवं नागदह विकास तथा संरक्षण समितिका अध्यक्ष दिनेशजङ्ग पाण्डेका अनुसार धापाखेलस्थित नागदहमा सोमबार लाग्ने नागपञ्चमी मेलाको सुरक्षा, सरसफाइ, गङ्गा आरतीलगायत तयारी पूरा भएको हो

परापूर्वकालदेखि श्रावण शुक्ल पञ्चमीका दिन यहाँ मेला लाग्ने परम्परा रहिआएको वासुकी नागको बासस्थान रहेको नागदहमा लाग्ने मेला भव्य रूपमा सम्पन्न गर्न हामी तयारीमा जुटेका छौँ”, वडाध्यक्ष पाण्डेले भन्नुभयो मेलाका दिन (सोमबार) बिहान ४ः०० बजेदेखि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो

वडाध्यक्ष पाण्डेका अनुसार यस वर्षको नागपञ्चमी मेलालाई थप व्यवस्थित, स्वच्छ भव्य बनाउन प्रचारप्रसार, सुरक्षा, सरसफाइ, गङ्गा आरती, पूजा, बजार व्यवस्थापनलगायत ११ वटा विषयगत उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको विभिन्न क्षेत्रका सुरक्षाकर्मी, विद्यालयका स्काउट, समाजसेवीलाई लाइन व्यवस्थापनको लागि खटाइने तयारी भएको उहाँले बताउनुभयो

स्वास्थ्य उपचारका लागि धापाखेल हेल्थपोस्ट, रेडक्रस सुमेरु अस्पतालसँगको सहकार्यमा एम्बुलेन्स तयारी अवस्थामा राख्नुका साथै प्राथमिक उपचारको व्यवस्था गरिएको वडाध्यक्ष पाण्डेका अनुसार पूजारी शिव गिरीको घरबाट सोमबार बिहान बहुमूल्य गरगहनासहित पित्तलको नागको प्रतिमा नागदहमा ल्याइन्छ पूजा गरिन्छ

दिनभरी पूजा गरिएको प्रतिमालाई राति बाजागाजासहितको टोलीले फेरि पुजारीकै घरमा लगेर राखिदिने परम्परा रहेको उहाँले बताउनुभयो नाग भगवान्लाई रिझाएर खुसी पारेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासअनुसार यहाँ नागपञ्चमीका दिन वासुकी नागको विशेष पूजाआराधना हुन्छ”, वडाध्यक्ष पाण्डे भन्नुभयो

नागको पूजा गर्दा घरमा सुखशान्ति मिल्ने, अन्नबाली सप्रने छालाको रोग निको हुने जनविश्वास रहेको उहाँले बताउनुभयो नागपञ्चमीमा नागदहमा आएर नागको दर्शनसँगै स्नान गरेमा घरमा सुखशान्ति मिल्ने, अन्नबाली सप्रने छालासम्बन्धी रोग निको हुने जनविश्वास ”, वडाध्यक्ष पाण्डेले भन्नुभयो

नागपञ्चमीका अवसरमा लाग्ने मेला भर्न उपत्यका आसपासका जिल्लाबाट भक्तजन आएर नागदहमा स्नान गर्नुका साथै विभिन्न भाकल राखेर नागको मन्दिरमा पूजा गर्ने तथा दर्शन गर्ने चलन रहिआएको मेलामा ललितपुरका धापाखेल, झरुवाराशी, चापागाउँ, ठैव, हरिसिद्धी, लुभु, लेले, गोदावरी, छम्पी, सातदोबाटोलगायत क्षेत्रका स्थानीय भक्तजनको घुइँचो लाग्ने वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो

करिब ५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक नागदहको गहिराइ समग्रमा २५ फिट भए पनि मध्यभागमा ४१ फिट रहेको दहको चौडाइ ९३७ मिटर रहेको समितिले जनाएको प्राचीन तालका रूपमा परिचित यो पोखरीको धार्मिक तथा सांस्कृतिक महत्व रहेको काठमाडौँको पानी चोभार गल्छीबाट पठाइएपछि यो स्वतः निर्मित दह बनेको हो त्यसबेला उपत्यकाका नागले यहाँ बसोबास गरेका भन्दै नागको पूजाआजा हुन थालेको जनविश्वास रहिआएको

आदिकालमा काठमाडौँ उपत्यकाका तीन सहर जलमय भइरहेका बेलामा मञ्जुश्रीले चोभार बाँडेगाउँको पहाडलाई तान्त्रिक विधिबाट छेदन गरी पानी बाहिर पठाएको किंवदन्ती रहेको वडाध्यक्ष पाण्डेले बताउनुभयो त्यसरी पानी बाहिर पठाउँदा नागराजा पनि बाहिर जाने भएकाले दह बनाएर नागराजालाई राखिएको त्यही दह धापाखेलस्थित नागदह बनेको जनविश्वास ”, उहाँले भन्नुभयो

नागदह धार्मिक एवं सांस्कृतिक क्षेत्र मात्र होइन राष्ट्रिय सिमसार क्षेत्रसमेत भएकाले विभिन्न स्थानबाट आउने पन्छीको बासस्थान पनि यहाँ नागदहमा नागपञ्चमी ऋषिपञ्चमीमा ठूलो मेला लाग्दछ पछिल्लो समय ललितपुर महानगरपालिकाले यसलाई पर्यटकीय गन्तव्यका रूपमा संरक्षण प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गरिरहेको  रासस

Facebook Comments