२०८३ श्रावण ३१, आइतवार
       

भिओके समाचार/काठमाण्डू । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । काठमाण्डूमा हिजो (शुक्रबार) भएको सो निर्वाचनले अध्यक्ष पदमा भरतजंग पाण्डेयलाई निर्वाचित गरेको छ ।

पाण्डेयसहित उहाँको टिमका अधिकांश पदाधिकारीहरु निर्वाचित हुनुभएको छ । नाट्टाको ५९औँ वार्षिक साधारणसभासँगै भएको २५औँ कार्यसमितिका लागि पाण्डेयको टिम निर्वाचित भएको हो ।

अध्यक्ष पदका लागि जिस्वान तुलाधर श्रेष्ठ र युविका राजभण्डारीले प्रतिस्पर्धा गर्नुभएको थियो । नाट्टाको अध्यक्ष पदमा पहिलोपटक दुईजना महिलाले दाबी गरेका थिए । मतदानमा कूल ४५३ मत खसेको थियो ।

निर्वाचित पदाधिकारीहरुको पूर्ण विवरण निम्न बमोजिम रहेको छ :

अध्यक्षः
निर्वाचितः भरत जंग पाण्डे (१८८ मत)
निकटतम प्रतिद्वन्द्वीः युबिका भण्डारी (१५८ मत)
प्रतिस्पर्धीः जिस्वा तुलाधर श्रेष्ठ (१०६ मत)
वरिष्ठ उपाध्यक्षः
निर्वाचितः सुनिल शर्मा (२५१ मत)
निकटतम प्रतिद्वन्द्वीः विष्णु पाण्डे (११६ मत)
प्रतिस्पर्धीः बरुण मेहता (८० मत)
उपाध्यक्षः
निर्वाचितः सविता के.सी. भट्टराई (१७७ मत)
निकटतम प्रतिद्वन्द्वीः ढकनाथ काफ्ले (१४१ मत)
प्रतिस्पर्धीः प्रज्ञा पाठक (शर्मा) (१३३ मत)

महासचिवः
निर्वाचितः राज कुमार देवकोटा (१५८ मत)
निकटतम प्रतिद्वन्द्वीः कृष्ण प्रसाद ढकाल (१४९ मत)
प्रतिस्पर्धीः सुशील पन्त (१४१ मत)

सचिवः
निर्वाचितः रमेश पराजुली (१९५ मत)
निकटतम प्रतिद्वन्द्वीः श्रद्धा जोशी (१४० मत)
प्रतिस्पर्धीः रमेश घिमिरे (११३ मत)

कोषाध्यक्षः
निर्वाचितः दीकी शेर्पा (२०८ मत)
निकटतम प्रतिद्वन्द्वीः कृष्ण प्रसाद ढकाल (१२३ मत)
प्रतिस्पर्धीः रमा कुमारी प्याकुरेल (११४ मत)

सह-कोषाध्यक्षः
निर्वाचितः जीवन कोइराला (१६६ मत)
निकटतम प्रतिद्वन्द्वीः डा. बिमला दाहाल (१५४ मत)
प्रतिस्पर्धीः विदुर प्रसाद खतिवडा (१०२ मत)

निर्वाचित कार्यसमिति सदस्यहरू (८ जना) :
१. स्मारिका थापा – २११ मत
२. प्रकाश लोहनी – २१० मत
३. नविन गुरुङ – २०५ मत
४. दिनेश मैनाली – १८९ मत
५. सुमन लाल श्रेष्ठ – १८८ मत
६. स्वस्तिका प्रधान – १८४ मत
७. संकेत दाहाल – १६५ मत
८. विभाष पौडेल – १५८ मत

Facebook Comments