सुनको मूल्य उच्च, आजै मात्र पाँच हजार दुई सयले बढ्यो
- प्रतितोला ३ तीन लाख ६ हजार ७ सय पुग्यो
काठमाण्डू । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजार दुई सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला रु तीन लाख छ हजार सात सय पुगेको छ । हिजो एक तोला सुन रु तीन लाख एक हजार पाँच सयमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला रु ७५ ले बढेर रु चार हजार सात सय ४५ पुगेको छ । हिजो चाँदी एक तोला चाँदी रु चार हजार छ सय ७० मा कारोबार भएको थियो । रासस
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार चार सय र चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
Facebook Comments

