Wed. Jul 22nd, 2026

चिलीमा विनाशकारी आँधी : १३ जनाको मृत्यु, प्रभावित क्षेत्रमा आपतकाल घोषणा

       

सान्टियागो । चिलीमा भारी वर्षापछि आएको शक्तिशाली आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ भने सात जना अझै बेपत्ता रहेका छन् । आँधीले देशका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्‍याएपछि सरकारले उद्धार, राहत तथा आधारभूत सेवा पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ ।

सरकारी अधिकारीहरूका अनुसार आँधीका कारण देशभर करिब ६० हजार किलोमिटरभन्दा बढी सडक सञ्जाल प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र हिलोका कारण नदी तथा सडक अवरुद्ध हुँदा धेरै सहर प्रभावित भएका छन् ।

गत जुलाई १५ देखि देशको दक्षिणी भागबाट सुरु भएको आँधीले सामान्यतया सुक्खा मानिने कोकिम्बो र अटाकामा क्षेत्रलाई समेत प्रभावित बनाएको हो ।

चिलीको सेनाप्रेड राष्ट्रिय आपतकालीन सेवा की निर्देशक एलिसिया सेब्रियन ले १३ जनाको मृत्यु भएको पुष्टि गर्दै सात जना अझै बेपत्ता रहेको जानकारी दिनुभएको छ ।

चिली सरकारका अनुसार प्राकृतिक विपद्का कारण करिब दुई हजार ८०० घर क्षतिग्रस्त भएका छन् । बाढी र हिलोले नदी तथा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीहरूले आँधीले धेरै क्षेत्रमा आपतकालीन अवस्था सिर्जना गरेको बताएका छन् । कोकिम्बोकी स्थानीय नेतृ प्याट्रिसिया अलबोर्नोज का अनुसार नदीहरूमा अस्वाभाविक रूपमा ठूलो बाढी आएको थियो ।

आन्तरिक मन्त्री क्लाउडियो अल्वाराडो ले वर्षा कम हुने अपेक्षा गरिए पनि नदी र खोलामा अझै उच्च बहाव रहेकाले जोखिम पूर्ण रूपमा नहटेको बताउनुभएको छ ।

यसैबीच, राष्ट्रपति जोस एन्टोनियो कास्ट ले प्रभावित क्षेत्रमा आपतकाल घोषणा गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । एएफपी

Facebook Comments