Fri. Sep 20th, 2024

व्यापारीहरु भन्छन् रसुवागढी नाका झनै महँगो

- नेपाल-चीन व्यापारमा सकस

काठमाडौं, २०७७ माघ १२ गते सोमबार

नेपालको उत्तरी छिमेकी चीन जोड्ने तातोपानी नाका लामो समय अवरुद्ध हुँदा व्यवसायीले रसुवागढी नाका रोजेका थिए। तर, उक्त नाका पनि फलदायी सावित नभएको व्यवसायीको भनाइ छ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीका अनुसार कोभिड १९ को संक्रमणअघि दैनिक करिब सय वटा कन्टेनर उक्त नाकाबाट आउँथे। तर, पछिल्लो समय दैनिक ५-६ वटा भित्र्याउन पनि समस्या छ। अहिले नयाँ सामान बोकेर कन्टेनर नआउने उहाँको भनाइ छ। गत वर्षकै सामान बोकेर बसेको करिब ४-५ सय कन्टेनरमध्ये ५-६ वटा आउने गरेको उहाँले सुनाउनु भयो।

नेपाली व्यवसायी र कन्टेनरलाई केरुङसम्म जान दिइएको छैन। केरुङबाट सामानसहित हिँडेको कन्टेनर रसुवा नाकासम्म आइपुग्छ। त्यहाँबाट अर्को कन्टेनरमा सामान लोड गरी काठमाडौंसम्म भित्र्याउने गरिन्छ।

‘उता जान पनि दिएको छैन, नयाँ सामान पनि लिन दिएको छैन’, कार्कीले भन्नुभयो, ‘यसले गर्दा गत वर्ष खरिद गरेको र थन्केर बसेको थोत्रो सामान हामीले थोरथोरै परिमाणमा भित्र्याइरहेका छौं।’

अन्नपूर्ण पोष्टका अनुसार केरुङ पोर्टबाट रसुवागढी नाकासम्म २६ किमि दूरीलाई करिब ६० हजार आरएमबी ९१० लाख ८१ हजार रुपैयाँ० असुल गर्न थालिएपछि व्यवसायी झनै मारमा परेका छन्। कोभिडअघि केरुङबाट रसुवा नाकासम्मको भाडा दर १६ हजार आरएमबी (२ लाख ८८ हजार रूपैयाँ)थियो। उक्त दूरीमा भाडा दर ७ लाख ९३ हजार रुपैयाँ वृद्धि गर्दा लागत खर्च बढेर धान्नै नसक्ने अवस्था बनेको कार्कीले बताउनु भयो ।

Facebook Comments