अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रधानमन्त्री ओलीद्वारा बधाई
काठमाडौं, २०७७ माघ ८ गते बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक कार्यभार सम्हाल्नु भएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीट मार्फत राष्ट्रपति बाइडेनलाई बधाई तथा शुभकामना दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले बाईडेनको सफल कार्यकालको कामना गर्नुहुँदै उहाँको कार्यकालमा नेपाल र अमेरिकाविचको सम्बन्ध थप प्रगाढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
Facebook Comments