Fri. Sep 20th, 2024

जो बाइडनद्वारा राष्ट्रपति पदको सपथ ग्रहण

- अमेरिका राष्ट्रपति सपथ

The new president took his oath of office with Chief Justice John G Roberts.

काठमाडौं, २०७७ माघ ७ गते बुधबार

जो बाइडनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गर्नुभएको छ ।

उहाँलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराउनु भएको थियो । कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिनुभएको छ । उहाँ उक्त पदमा निर्वाचित प्रथम महिला हुनुहुन्छ ।

उहाँलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराउनु भएको थियो । निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्वघोषणा बमोजिम नै सहभागिता जनाउनु भएन ।

आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उहाँ चौथो अमेरिकी राष्ट्रपति हुनुहुन्छ । तर उहाँका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित हुनुभएको थियो ।

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित हुनुभएको थियो ।

डेमोक्र्याटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै ‘आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो’भन्नु भएको छ । बिबिसी

Facebook Comments