Mon. Apr 29th, 2024

योगको सम्बन्ध मानव जीवन र प्रकृतिसँग रहेको छ: प्रधानमन्त्री ओली

काठमाडौं, २०७७ माघ १ गते बिहीबार

 प्रधानमन्त्री केपी शर्मा ओलीले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन योगको महत्व बढ्दै गएको बताउनुभएको छ ।

छैठौं राष्ट्रिय योग दिवसका अवसरमा आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नु हुदै प्रधानमन्त्री ओलीले मानसिक रुपमा स्वस्थ रहनाका लागि योग असाधारण रुपमा उपयोगी भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल योग भूमि भएकोले नेपालीका लागि गर्वको विषय भएको उल्लेख गर्नुहुँदै योग कुनै धर्म विशेष तथा आध्यातमसँग सम्बन्धित नरहेकाले योगलाई धर्मसँग जोडेर संकुचन गर्न नहुने बताउनुभयो ।

उहाँले, योग दर्शनहरुको सृष्टि र प्रारम्भ हो भन्नु हुदै योगको सम्बन्ध मानव जीवन र प्रकृतिसँग रहेकोे समेत स्पष्ट पार्नुभयो ।प्रधानमन्त्रीले कोरोना जस्ता महामारीमा समेत रोगहरुसँग लड्न योग महत्वपूर्ण हुने बताउनुभयो ।

त्यस अवसरमा योग अभ्यास समेत गरिएको थियो । समारोहमा शिक्षा तथा विज्ञान प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, योगका गुरुहरु, उच्चपदस्थ कर्मचारीहरुको सहभागिता थियो ।

 

Facebook Comments