Tue. May 19th, 2026

एमालेका नेता विनोद ढकाललाई पितृ शोक

       

भिओके समाचार/विराटनगर । नेकपा एमालेका नेता तथा मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्वर ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विनोद ढकाललाई पितृ शोक परेको छ ।

ढकालका बुवा विष्णुप्रसाद ढकालको १०२ वर्षको उमेरमा आज विहान विराटनगर–५, ९सम्झना चोक स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

उहाँको आज दिउसो ३ बजे परोपकार घाटमा दाहसंस्कार गरिने नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो ।

विष्णुप्रसाद ढकाल लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो ।

ढकालको निधनमा दु:ख व्यक्त गर्दै सैयौं शुभेच्छुकहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Facebook Comments