Sat. May 18th, 2024

अफ्रिका ठूला मुलुकहरूको प्रतिस्पर्धा स्थल होइन: वाङ यी

काठमाडौं, २०७७ पुस २३ गते बिहीबार

चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अफ्रिका ठूला मुलुकहरूको प्रतिस्पर्धा स्थल नभएको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘अफ्रिका अन्तर्राष्ट्रिय सहयोगको ठूलो मञ्च हो तर ठूल्ठूला मुलुकहरूको प्रतिस्पर्धा स्थल होइन ।’

स्थानीय समय बमोजिम जनवरी पाँच तारिखका दिन मन्त्री वाङ यीले अबुजामा नाइजेरियाका विदेश मन्त्री जेफरे ओन्येमासँग संयुक्त रुपमा पत्रकार सम्मेलनमा कुराकानी गर्दै सो कुरा बताउनुभएको छ।

 चीनले अफ्रिकालाई दिएको सहायतामा कुनै पनि राजनीतिक पूर्व सर्त नथोपरिएको र चीनले अफ्रिकाको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको समेत वाङ यीलेले प्रस्ट पार्नुभयो ।

‘अफ्रिकामा कठिनाइ परेको बेलामा चीनले सबैभन्दा पहिला मद्दत दिएको छ। चीन-अफ्रिका सहयोग मञ्चको स्थापना भएको बीस वर्षयता चीन र अफ्रिकाबीचको व्यापारिक रकम र चीनले अफ्रिकामा गरेको प्रत्यक्ष लगानीमा छुट्टा छुट्टै रुपमा बीस गुणा र एक सय गुणाले वृद्धि भएको छ। चीनले अफ्रिकामा छ हजार किलोमिटरभन्दा लामो रेलमार्ग निर्माणमा सहयोग गरेको छ, छ हजार किलोमिटर लामो राजमार्ग, करिब बीस वटा बन्दरगाह, असी वटा विद्युत परियोजना, एक सय तीस वटा चिकित्सा परियोजना, पैंतालीस वटा खेलकुद रंगशाला र एक सय सत्तरी वटा विद्यालय निर्माण गरेको छ वाङ यीले भन्नुभयो ।

सीआरआईका अनुसार  वाङले चीन र अफ्रिकाको सहयोगले स्थानीय आर्थिक तथा सामाजिक विकासका लागि स्पष्ट परिवर्तन ल्याएको बताउँदै अफ्रिकी जनताको जीवनमा सुधार ल्याउन महत्वपूर्ण योगदान गरेको कुरा बताउनुभयो।

उहाँले अफ्रिकाको विकासमा समर्थन दिनु अन्तर्राष्ट्रिय समाजको साझा दायित्व हो भन्दै विभिन्न मुलुकले अफ्रिकाको सर्वभौमिकतालाई सम्मान गर्ने र अफ्रिकाको आवाज सुनेर अफ्रिकासँग सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो।

Facebook Comments