Tue. Apr 28th, 2026

प्रधानमन्त्री कार्कीसँग रास्वपा का सभापति लामिछानेको भेट   

       

काठमाण्डू । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका पदाधिकारी र सदस्य सहभागी हुनुहुन्थ्यो । रासस

Facebook Comments