Wed. May 6th, 2026

जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ

       

भिओके समाचार/काठमाण्डू । जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ।

भदौ २७ लाई जेन्जी विद्रोहको लागि कालो दिन का रूपमा स्मरण गर्दै कार्तिक २७ गते माइतीघरमा सांकेतिक विरोध गर्न गएका विजय शाहलगायत कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो। भदौ  २७ गते सुशीला कार्की नेतृत्वको सरकारले सत्ता “कु” गरेर जेन्जी विद्रोहलाई अपहरण गरेको आरोप लगाउँदै शाहले सांकेतिक प्रदर्शन गर्नुभएको थियो ।

शान्तिपूर्ण रूपमा विरोधमा उभिएका शाह र उहाँका सहकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा लगेको बताइएको छ। जेन्जी मुभमेन्ट नेपालले यस घटनालाई अभिव्यक्तिको अधिकारमाथिको दमन भन्दै तत्काल रिहाइको माग गरेको छ।

“तुरुन्तै रिहाइ गरियोस्, सत्ता कु गरेर जेन्जी विद्रोहलाई अपहरण गर्नेहरूले हेक्का राखून्,” भन्दै सह-संयोजक चन्द्र जोशीले चेतावनी पनि दिनु भएको छ ।

Facebook Comments