Sun. May 24th, 2026

काठमाण्डू महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

       

काठमाण्डू ।  राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।

प्रमुख साहले केही दिनअघि नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न भोटाहिटीस्थित ब्युरोका कार्यालयमा पुगेर सङ्घले आज उजुरी दिएको हो ।

राससका अनुसार  सङ्घका उपाध्यक्ष महाराज गुरूङले आफूहरुले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी दिएको र उहाँहरुले कानुनी अवस्था अध्ययन गरेर निर्णय गर्ने बताउनुभयो जानकारी दिनुभयो ।

Facebook Comments