Sun. May 24th, 2026

प्रधानमन्त्री र दुवै सदनका प्रमुखबीच भेटवार्ता   

       

काठमाण्डू । प्रधानमन्त्री सुशीला कार्की र सङ्घीय संसद्का दुवै सदनका प्रमुखबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

भेटमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, संसद्का महासचिव पद्मप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे हुनुहुन्थ्यो ।

Facebook Comments