नेतृत्वमा गाँठो परेको संक्रमणकालिन राजनीति !
रमेश हतुवाली, भिओके । जेन जी समूहको दुई दिने ऐतिहासिक आन्दोलनले २०६२/६३ सालको ऐतिहासिक आन्दोलनले स्थापित गरेको राजनीतिक प्रणालीलाई मात्र धक्का दिएन बरु त्यसका निर्णायक नेतृत्वमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेस लगायतका राजनीतिक दल र तीनका उच्च नेतृत्वमा रहेर दशकौंदेखि सत्ताको हाली मुहाली गरिरहेका नेताहरुलाई पनि अप्रत्यासिल रुपमा उछिट्याओ ।
२०८२ भदौं २३ गते जेन जी समूहको नेतृत्वमा सुरु भएको आकस्मिक र अपत्यारिलो जस्तो लाग्ने आन्दोलनले बोकेका भ्रष्टाचार विरोधी महाअभियान र स्थिर राजनीतिक शासन सञ्चालनको मागलाई सामान्य भनि आंकलन गर्दा र विवेकहिन तरिकाले सो आन्दोलनलाई दमन गर्दा स्वतस्फूर्त रुपमा सल्किएको युवा क्रान्तिले भदौ २४ गते मुलुकको राजनीतिक संरचनालाई कहिल्यै पनि नमेटिने गरी बदलिदियो । १६ वर्षदेखि २८ वर्षसम्मका उमेर समूहका जोशिला र विवेकसिल युवाहरुले देखाएको अदम्य साहस, वहादूरी र बलिदान नेपालको राजनीतिक इतिहासमा स्वर्ण अक्षरले मात्र लेखिएको छैन वरु त्यसले लोकतन्त्रका नाममा जनतामाथि गरिने अमानवीय व्यवहार र राष्ट्रदोहन अवका दिनमा सम्भव छैन भन्ने दर्विलो सन्देश पनि दिएको छ ।
१६ वर्षदेखि २८ वर्षसम्मका उमेर समूहका जोशिला र विवेकसिल युवाहरुले देखाएको अदम्य साहस, वहादूरी र बलिदान नेपालको राजनीतिक इतिहासमा स्वर्ण अक्षरले मात्र लेखिएको छैन वरु त्यसले लोकतन्त्रका नाममा जनतामाथि गरिने अमानवीय व्यवहार र राष्ट्रदोहन अवका दिनमा सम्भव छैन भन्ने दर्विलो सन्देश पनि दिएको छ ।
यस आन्दोलनका क्रममा ३५ जनाको सहादत भएको र एक हजार भन्दा धेरै घाईते भएको पछिल्लो जानकारी मात्र आएको छैन बरु यो संख्या अझ बढ्न सक्ने आन्दोनकारीहरुको भनाई छ । यस आन्दोलनका क्रममा घुसपैठ भएकै कारण मुलुकका राजनीतिक, ऐतिहासिक तथा साँस्कृतिक विरासत बोकेका सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायतका सैयौं संरचनाहरुसँगै हाम्रा वीरपुर्खाहरुले ऐतिहासिक कालदेखि स्थापीत गरेका अमरगाथा र ती गाथासंगै मुलुकको स्वतन्त्रता र अखण्डताका विरासत बोकेका महत्वपूर्ण कागजात साथै अभिलेख पनि खरानी भएका छन् । अग्नीकुण्डमा होमिएका यस्ता संरचनाहरु त नक्सा हेरेर पनि निर्माण गर्न सकिएला तर ती संरचनाहरुमा मुलुकको स्वाधिनताका खम्वा बनेर बसेका अभिलेखहरु कसरी प्राप्त गर्ने यो गम्भिर वहस र चिन्ताको विषय हो ।
क्रान्ति वीरलै रक्तपातविहीन हुने गर्दछ जुन विश्व इतिहासले देखाएको छ । क्रान्तिमा अनेकौंको सहादत हुने गर्दछ र कैयौं संरचनाहरु पनि ध्वस्त हुने गर्दछन् । तर क्रान्तिपछि मुलुकले निकास पाउनु पर्छ, स्थितरता र शान्ति पाउनु पर्दछ, समृद्धि र सम्पन्नतातिर देश अघि बढ्नु पर्दछ । आज तीन करोड नेपाली जनता यसैको प्रतिक्षामा छन् । उनीहरुको आशा, भरोसा र विश्वास पनि स्थिरता र शान्तिसँगै जोडिएको छ । आज तमाम नागरिकको आँखा जेन जीका युवा नेतृत्व र नेपाली सेनातिर फकिएका छन् । उनीहरु चाहान्छन् यी दुवै मिलेर मुलुकमा विद्यमान संक्रमणकालको अन्त होस्, अन्तरिम सरकारको गठन होस्, विद्यमान संसद विघठन, प्रदेश संरचना सँधैका लागि खारेजी, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विद्यमान राजनीतिक दलहरुले समेत निर्वाचनमा भाग लिन पाउने व्यवस्था र भ्रष्टाचारको समुल अन्त आदि आदि ।
आज तमाम नागरिकको आँखा जेन जीका युवा नेतृत्व र नेपाली सेनातिर फकिएका छन् । उनीहरु चाहान्छन् यी दुवै मिलेर मुलुकमा विद्यमान संक्रमणकालको अन्त होस्, अन्तरिम सरकारको गठन होस्, विद्यमान संसद विघठन, प्रदेश संरचना सँधैका लागि खारेजी, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विद्यमान राजनीतिक दलहरुले समेत निर्वाचनमा भाग लिन पाउने व्यवस्था र भ्रष्टाचारको समुल अन्त आदि आदि ।
यद्यपी युवा क्रान्ति सम्पन्न भएको ४८ घण्टा वितिसक्दा पनि मुलुकले नेतृत्व प्राप्त गर्न नसक्नु, जेन जी भित्रै कसले नेतृत्व लिने भन्ने विषयमा विवाद देखिनु, नेपाली सेना र जेन जीवीच अन्तरिम सरकारमा क–कसको सहभागिता हुने भन्ने विषयमा एकमत नभएका समाचारहरु बाहिरिनु, आगामी राजनीतिमा विज्ञ समूहको भूमिका बारेमा कुनै पनि जानकारी प्राप्त नहुनु जस्ता विषयहरुले मुलुकको संक्रमणकालिन राजनीतिको गाँठोलाई अझै कसिलो बनाएको छ ।
क्रान्ति सम्पन्न भएको ४८ घण्टा वितिसक्दा पनि मुलुकले नेतृत्व प्राप्त गर्न नसक्नु, जेन जी भित्रै कसले नेतृत्व लिने भन्ने विषयमा विवाद देखिनु, नेपाली सेना र जेन जीवीच अन्तरिम सरकारमा क–कसको सहभागिता हुने भन्ने विषयमा एकमत नभएका समाचारहरु बाहिरिनु, आगामी राजनीतिमा विज्ञ समूहको भूमिका बारेमा कुनै पनि जानकारी प्राप्त नहुनु जस्ता विषयहरुले मुलुकको संक्रमणकालिन राजनीतिको गाँठोलाई अझै कसिलो बनाएको छ ।
नेतृत्वमा गाँठो परेको संक्रमणकालिन राजनीतिलाई उचित निकाश समयमै नदिने हो भने मुलुकमा वैदेशिक हस्तक्षेप हुन सक्ने र त्यसले मुलुकको स्वाधिनतामाथि नै खतरा पुर्याउने जस्ता विचारहरु सम्वन्धित क्षेत्रका विज्ञहरुबाट आईरहेका हुनाले पनि यथासक्य चाँडो यस्ता विषयहरुमा गम्भिर हुँदै नेपाली जनताको आशा र भरोसाको एकमात्र ऐतिहासिक केन्द्र नेपाली सेना र जेन जी युवाहरुले आवश्यक कदम चाल्नु उपयुक्त देखिन्छ ।
कतै संवैधानिक राजतन्त्रको पक्षमा चलिरहेका वहस र अड्कलवाजी, कतै वालेन शाह, कतै हर्क साङपाङ, कतै दुर्गा प्रसाई, कतै कुलमान घिसिङ त कतै रवी लामिछाने समेतलाई अन्तरिम सरकारमा लैजानु पर्ने मागहरु सामाजिक सञ्जालमा आइरहेका सन्दर्भमा जनतामा देखिएका भ्रम र अब के होला भन्ने छट्पटीको निराकरणका लागि पनि यत्तिवेला नेपाली सेनाको भूमिका निर्णायक देखिन्छ । यद्यपी त्यो भूमिका मुलुकको समग्र हित र स्वाधिनतासँग जोडिएको हुनुपर्ने जनताको चाहना छ ।
देशमा विद्यमान संक्रमणकालको अन्तका लागि आजदेखि नागरिक समाज, विभिन्न राजनीतिक दलका भातृ संगठनका सदस्यका स्वर पनि सडकमा गुञ्जिन थालेका छन् । त्यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबाट पनि कतै सामाजिक सञ्जाल त कतै प्रेस विज्ञप्तीमार्फत मुलुकलाई संवैधानिक पद्धती अनुसारनै निकास दिनुपर्ने माग बढिरहेको विद्यमान अवस्थामा प्राप्त उपलब्धिहरुलाई जोगाएर भ्रष्टाचारविहीन र अवसरै अवसरले भरिएको सम्पन्न नयाँ नेपालको निर्माणकालागि नेतृत्वको विषयमा परेको गाँठो खोलेर संक्रमणकालिन राजनीतिलाई निकाश दिनु आजको आवश्यकता हो । सवैलाई चेतना भया ।

