Mon. Apr 29th, 2024

ट्रमको कार्यकालमा चिसिएको चीन-अमेरिकाबीचको गतिरोध वाईडेनको कार्यकालमा हट्ने अपेक्षा: पूर्वराजदूत कार्की

- सन्दर्भः अमेरिकी गुप्तचर प्रमुख जोन र्याटकिल्फको चीनका विरुद्ध गम्भिर आरोप

Tanka Karki, Former Nepali Ambassador to China

काठमाडौं, २०७७ मंसिर २२ गते सोमबार

अमेरिकामा जोइ बाइडेनको आगमनपछि ट्रम प्रशासनको कार्यकालमा चिसिएको चीन र अमेरिकाबीचको गतिरोध हट्ने अपेक्षा धेरैको छ । तर तीन दिन पहिले मात्र अमेरिकी गुप्तचर संस्थाका प्रमुख जोन र्याटकिल्फले चीन प्रजातन्त्र र स्वतन्त्रताको लागि सबै भन्दा ठूलो खतरा भनेर दिएको अभिव्यक्तिले यी दुई मुलुकहरुबीचको सम्बन्ध सहजता भन्दा पनि असहजतातिर जाला कि भन्ने देखिन्छ । यसैबीच चीनका लागि पूर्व नेपाली राजदूत तथा नेकपाका यूवा नेता टंक कार्कीसँग भ्वाईस अफ काठमाडौंले जोन र्याटकिल्फको अभिव्यक्तिले चीन अमेरिका सम्बन्धमा कस्तो प्रभाव पार्ला भन्ने लगायतका विविध विषयमा कुराकानी गरेको छ ।

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको कार्यकालमा चिसिएको चीन अमेरिका सम्बन्ध नव निर्वाचित राष्ट्रपति जोइ बाइडेनको कार्यकालमा केही मात्रामा भएपनि सुध्रने अपेक्षा गरिएकै अवस्थामा अमेरिकी गुप्तचर संस्थाका प्रमुख जोन र्याटकिल्फले चीन प्रजातन्त्र र स्वतन्त्रताको लागि सबै भन्दा ठूलो खतरा भनेर दिनुभएको अभिव्यक्तिले यी दुई मुलुकहरुको सम्बन्धमा कस्तो प्रभाव पर्ने देख्नु हुन्छ ?

चीनका विरुद्धमा अमेरिकी गुप्तचर प्रमुखको जुन अभिव्यक्ति आएको छ त्यो अभिव्यक्ति ट्रम प्रशासनका अधिकारीको अभिव्यक्ति हो । जो चाँडै सत्ताबाट पन्छिदै छन् त्यस्ताहरुको अभिव्यक्तिलाई त्यति प्रार्थमिकतामा राखेर हेर्नुपर्छ जस्तो लाग्दैन । चीन र अमेरिकाबीचको ट्रम कालिन जुन विवाद हो जसले दुनियालाई एउटा अनिष्टचारी सम्भावनातिर डोहोर्यायो त्यो नव निर्वाचित राष्ट्रपति वाईडेनको पालामा अन्त भई चीन र अमेरिकाबीच कुनै न कुनै विन्दूमा सौहार्दतामा परिणत हुने संभवानालाई विश्वले आंकलन गरेको छ । राष्ट्रपति ट्रमको पालामा जस्तो सम्बन्ध आउदा दिनमा चीनसँग रहनु अमेरिकाकै हितमा छैन भन्ने कुरो अमेरिकी जनता र श्यमं जोइ बाईडेनले बुझेका छन् जस्तो लाग्छ । यहाँ महत्वपूर्ण कुरो के हो भने अमेरिका र चीनबीचको बर्तमान चीसो सम्बन्धले सारा विश्वलाई चिन्तित तुल्याएको छ । त्यस्तो अवस्थामा चीन र अमेरिकाको विवादलाई भिडन्ततिर लिएर जाने हो भने त्यसले आणविक युद्धहुने कुरालाई समेत नकार्न सकिन्न । अहिलेको विवाद त्यो हदसम्म जानेछ भन्ने तिर जोइ वाईडेन जान्छन् भन्ने मलाई लाग्दैन । यो एक किसिमको स्वार्थीहरुको दबाब हुन सक्छ तर परिस्थिती त्यो हदसम्म जान्छ भन्ने मलाई लाग्दैन ।

अमेरिकाले केही दिन पहिले अपदस्थ तिब्बती प्रधानमन्त्री लोप्साङ साङ्गेलाई अमेरिकी राष्ट्रपति कार्यालयमा वाइट हाउसमा स्वतन्त्र मुलुकको प्रधानमन्त्री सरहको सम्मान दिएर स्वागत गरेको छ न ? यो घटनालाई कसरी हेनुहुन्छ ?

तिब्बत चीनको अभिन्न अंग हो भन्ने कुरो संयुक्त राष्ट संघ र अन्य मुलुकहरुले मात्र होईन श्वयं अमेरिकाले समेत स्विकार गरिसकेको कुरो हो । यस्ता गतिविधिहरुले राष्ट्रहरुबीचको सम्बन्धलाई असामान्य तुल्याउने मात्र काम गर्छ । त्यसैले आफ्नो स्विकारोक्ति विपरितका कुनै पनि गतिविधि नगर्नु राम्रो हुन्छ । त्यसमा पनि अमेरिका, रुस, चीन आदि ठूूला मुलुकहरुले गर्ने व्यवहार अन्य मुलुकहरुको लागि उदाहारण पनि बन्छ । त्यसैले दुनियाको अगाडी यी मुलुकहरुले आफुलाई उदाहारणको रुपमा प्रस्तुत गर्नुपर्दछ । स्विकृत मुल्यहरुप्रति बफादार रहँदै त्यस्ता स्विकारोक्तिका विरुछ जानु हुदैन ।

भारतले अपदस्थ तिब्बती नेताहरुलाई शरण तथा संरक्षण दिने र अमेरिकाले तिनीहरुलाई आर्थिक, तथा नैतिक सहयोग मार्फत अन्तराष्ट्रिय रुपमै स्वतन्त्र तिब्बतको पक्षमा लाग्न सहयोग गर्ने जुन खालको व्यवहार छ त्यसले भारत र अमेरिकाबीच चीनलाई हस्तक्षेप गर्ने हिसावको तिब्बत मामिलामा कार्यगत एकता जस्तो देखिन्छ नी ?

अहिले दुनिया तरल अवस्थामा छ । शक्तिहरुको तिब्र धु्रबीकरण भैरहेको छ । प्रचलित विश्व व्यवस्थाले के देखाउछ भने एक धु्रविय विश्व व्यवस्था टिक्न सक्ने अवस्थामा छैन । दुनिया नजानीदो ढंगले बहुध्रुविय व्यवस्थातिर लागिरहेको छ । तर के भने यहीबीचमा दुई धु्रविय विश्व व्यवस्थाको पुनरउत्पादन गर्ने र अमेरिका नेतृत्वको पश्चिमा शक्ति चाँहि चीनलाई लक्षित गरेर धु्रविकरण गर्ने प्रयत्नहरु भैरहेकाछन् । त्यो ध्रुविकरणको प्रक्रियामा अमेरिकासँगको रणनैतिक गठबन्धका प्रक्रियाहरु तिब्र रुपमा अगाडी बढेका छन् तर आज दुनिया जहाँ आइराखेको छ यो दुई धु्रविय विश्य व्यवस्थाको पुनरउत्थान र शीत यूद्धको जस्तै हिसावबाट सम्बन्ध खराब पार्ने जुन प्रयत्न भैरहेकोछ त्यो सफल हुने अवस्था छैन । किनकी विश्व बहुधु्रविय व्यवस्थातिर जानु पर्छ र मित्रराष्ट्रहरुबीचमा सहयोगको बातावरण सृजना गर्दै आफ्ना हितहरुलाई टेवुलमा राखेर विवादलाई समाधान गर्नेतिर जानु पर्छ भन्ने मलाई लाग्छ । विश्वमा मित्रदेशहरुबीच भैरहेका यस्ता विवादहरुलाई शक्तिको माध्यमबाट समाधान गर्ने पक्षमा चाँहि जानु हुदैन । त्यो हितकारी हुन्न । त्यसले मानव जातीको अपेक्षा विपरित काम गर्छ ।

भारतीय स्थल सेनाका प्रमुख, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख र भारतीय विदेश सचिवले नेपालको भ्रमण गर्दा उत्तरी छिमेकी चीनले कुनै प्रतिक्रिया दिएको सुनिएन तर गत साता चिनिया रक्षा मन्त्रीले नेपालको भ्रमण गर्दा नेपाल चीनको पोल्टोमा गयो भनि भारतीय तथा पश्चिमी सञ्चार माध्यमहरुले प्रचार प्रसार गरे नी ?

हालैका दिनहरुमा उत्तर र दिक्षिणका नेताहरुद्वारा सम्पन्न भएका यी भ्रमणहरुले के शंकेत गर्छ भने नेपालको भूराजनैतिक र भूरणनैतिक महत्व नेपालका छिमेकी र अरुहरुले राम्ररी बुझेका छन् । त्यतिमात्र होईन नेपालको भूराजनैतिक तथा रणनैतिक महत्वलाई नजर अन्दाज गर्नुहुँदैन भन्ने कुरोलाई चाही हाम्रा दुई छिमेकी र अरुहरुले राम्ररी बुझेका छन् जस्तो लाग्छ । नेपालको स्थायीत्व र नेपालको तठस्तता तथा यस क्षेत्रको स्थायीत्व र शान्ति को निम्ति पनि यसले अर्थ राख्छ । त्यसैले हालै सम्पन्न चिनिया रक्षा मन्त्रीले गर्नुभएको नेपाल भ्रमणले दिने सन्देश के लाग्छ भने नेपालको सार्वभौमिकता, तटस्तथा नेपालको निम्ति र अन्य मुलुकहरुका लागि साझा विषय बनाउनु पर्दछ । नेपाललाई कसैले पनि आफ्नो स्वार्थको सुरक्षा छाता भित्र राख्ने कोशिसहरु गरिनु हुँदैन भन्ने सन्देश होला जस्तो लाग्छ ।

Facebook Comments