Sun. Apr 28th, 2024

विराटनगर महानगरपालिका भित्र पनि यत्ति राम्रो तोरिबारी ! फोटो फिचर

- मासिदैछन् तराईका उर्बर भूमिहरु, बन्दैछन् मरुभूमी

विराटनगर, २०७७ मंसिर १० गते बुधबार

तोरी एक तेलहन बाली हो। नेपालको पहाडी या समथर भूभागमा यसको खेती प्रशस्त मात्रामा गरिन्छ। तोरी नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ भने तोेरीको सागबाट नै नेपालको राष्ट्रिय तरकारी गुन्द्रुक पनि बनाईन्छ । यत्तिवेला चाहे हामी तराईका समथल भूमीतिर घुमौं वा पहाडी प्रदेश यत्रतत्र मान्छेको मनै लोभ्याउने गरी तोरी फूलेको देख्न सकिन्छ ।

यहाँ पूर्वी नेपालको मोरंग जिल्लाको विराटनगर महानगरपालिका क्षेत्रमा रहेका केही खाली जग्गाहरुमा सुनै सुन फूले जस्तै पँहेलै फूलेका रमणीय तोरीवारीको तस्विर राखिएको छ ।

तस्विर: महेश भट्टराई

Facebook Comments