Fri. Apr 26th, 2024

धेरै भयो नलेखेको मुक्तक र गजल पनि

- -पार्वती शर्मा

-पार्वती शर्मा

काठमाडौं, २०७७ मंसिर ९ गते मंगलबार

धेरै भयो नलेखेको मुक्तक र गजल पनि
सक्दिन थें यसरी म बस्न एक पल पनि ।।

तान्यो मलाई बिस्तारै बासुरीको धुनले
मुग्ध भएँ त्यसैमा पार्यो ठुलै दखल पनि ।।

भन्ने गर्छन मान्छे माथी पुगेको देख्न चाहान्छु
जब दु:ख आईपर्छ पार्न खोज्छन तल पनि ।।

बाहिरको आगो बरु के होला र रापिलो
निभ्दैन रहेछ भित्र अचाउँदा जल पनि ।।

कडा छेस भन्ने गर्थ्यो चट्टान जस्तै कडा
भासिएर गयो आखिर त्यो दलदल पनि ।।

एकनास हराभरा भई जिएको को छ र
काम लाग्छ कहिलेकाही सुकेको नल पनि ।।

Facebook Comments