Wed. May 6th, 2026

बाढीले गुवाहाटीको जन–जीवन प्रभावित   

       

गुवाहाटी(भारत)  २०८२ जेठ १७ गते शनिबार । भारतको गुवाहाटीमा भारी वर्षापछि आएको बाढीले यस क्षेत्रको जन–जीवन प्रभावित भएको जनाइएको छ ।

एक स्थानीयका अनुसार गुवाहाटीमा तीन–चार दिनदेखि वर्षा भइ बाढी आएको कारण प्रभावित क्षेत्रका जनताले भोग्नुपरेको समस्या तथा कठिनाइको समाधान गर्न सरकारलाई आग्रह गर्नु भएको छ ।

“तीन–चार दिनदेखि निरन्तर वर्षा भइरहेले पानी जम्मा हने स्थानमा सरकार उपस्थित भई जनताको समस्या समाधान गर्नुपर्ने उहाँले बताउनु भएको छ ।

भारी वर्षापछि आसमको कामरूप (मेट्रो) जिल्लामा पहिरो जादाँ पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । आसम राज्यको विपद् व्यवस्थापन प्राधिकरणको रिपोर्टले पनि घटनाको पुष्टि गरेको छ ।

एएसडिएमएको रिपोर्ट अनुसार शनिबार सम्म तीन जिल्लाहरू बाढीबाट प्रभावित भएका छन् । प्रभावित जिल्लाहरू कामरूप, कामरूप (मेट्रो) र कछार हुन् । यहाँका १० हजार १५० जना मानिस प्रभावित भएका छन् ।

आसमका मुख्य मन्त्री हिमांता विश्व शर्माले शुक्रबार गुवाहाटीको लोक सेवा भवनमा आयोजित पत्रकार सम्मेलनमा गुवाहाटीको स्थिति राम्रो नभएको जनाउनु भएको छ ।

उहाँले सरकारले अवस्थाको निगरानी गरिरहेको र असम, मेघालय र अरुणाचल प्रदेशमा भारी वर्षाका कारण ठुलो क्षेत्र प्रभावित भएको बताउनु भएको छ । आइतबार राज्य सरकारका सबै कर्मचारीहरूले विशेष अनुमति पाउने तथा विद्यालय र कलेजहरू बन्द रहनेछन् र निजी प्रतिष्ठानहरूलाई सुरक्षित उपायहरू अवलम्बन गर्न मुख्यमन्त्री शर्माले सुझाउनु भयो ।

आसमका मुख्यमन्त्रीले पनि पत्रकार सम्मेलनमा मेघालयका मुख्यमन्त्रीलाई पाहाडको बाढी पहिरोको मस्याबारे छलफल गरेको र बाढीले दुवै राज्य र गुवाहाटी सहरलाई असर गरिरहेको बताउनु भयो । एएनआई

Facebook Comments