Tue. Apr 30th, 2024

“तेह्रौं पञ्च वर्षीय”अवधिमा चीनको कृषि व्यवसाय र ग्रामीण क्षेत्रको विशाल उपलब्धि

काठमाडौं, २०७७ कात्तिक १२ गते बुधबार

“तेह्रौं पञ्च वर्षीय”अवधिमा चीनको कृषि व्यवसाय र ग्रामीण क्षेत्रमा विशाल उपलब्धि भएको समाचार सीआरआईले लेखेको छ ।

सो रेडियोका अनुसार “तेह्रौं पञ्च वर्षीय”अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले कृषि व्यवसाय र ग्रामीण क्षेत्रलाई प्रथम विकासको स्थानमा राख्ने समष्टिगत नीति निर्धारित गर्नुका साथै ग्रामीण क्षेत्रको पुनरुत्थान रणनीतिको महत्वपूर्ण बन्दोबस्त गरेको छ जसबाट धेरै ऐतिहासिक उपलब्धि प्राप्त भएको देखिन्छ। चीनको राज्य परिषदको प्रेस कार्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुरा जानकारी दिएको हो।

“तेह्रौं पञ्च वर्षीय”अवधिमा चीनको धान र गहुँको आत्मनिर्भरता १०० प्रतिशतमा कायम राखिएको छ। मकैको आत्मनिर्भरता ९५ प्रतिशतभन्दा बढी छ। मासु, अण्डा, दुध र फलफूल, तरकारी, चियाको आपूर्ति पर्याप्त देखिन्छ।

सन्२०१९ चीनको कूल राष्ट्रिय अन्न उत्पादन ६६करोड टन पुगेको छ भने ऐतिहासिक नयाँ रेकर्ड सिर्जना गरेको छ। कृषि व्यवसायको आधुनिकीरण निर्माण नयाँ उचाईँमा पुगेको छ। कृषि वैज्ञानिक प्राविधिक प्रगतिको योगदान ६०प्रतिशतभन्दा बढी छ। किसानको आयलाई दोब्बर बनाउने लक्ष्यलाई समयभन्दा अघि पूरा गरिएको छ।

Facebook Comments