Sat. Apr 27th, 2024

कोरोना उपचार कोषमा राष्ट्रपति भण्डारीद्वारा पारिश्रमिक र चाडपर्व खर्च प्रदान

काठमाडौं, २०७७ कात्तिक ५ गते बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गर्नुभएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड -१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत आज जानकारी दिनुभएको छ ।

राष्ट्रपतिले पारिश्रमिकस्वरुप मासिक एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ प्राप्त गर्नुहुन्छ ।

Facebook Comments