विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको शनिबार पद तथा गोपनीयताको सपथग्रहण । प्रधानमन्त्री निवास, बालुवाटार आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुुन कार्की, कुुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले सपथ लिनुभएको हो । नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई सपथ दिलाउनुभएको हो । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस
काठमाण्डू, २०८२ वैशाख २७ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा. डा. रमेशकुमार ढुङ्गेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले शपथ लिनुभएको हो ।
नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुङ्गेललाई र कुलपति ढुङ्गेलले रजिष्ट्रार चेम्जोङलाई शपथ गराउनुभएको हो ।
त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायत उपस्थित हुनुहुन्थ्यो । रासस

