नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ
काठमाण्डू, २०८२ वैशाख १७ गते बुधबार । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ पर्नुभएको छ । नेपाल प्रहरीले चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।
टिकापुर घट्नाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ । राससका अनुसार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो ।
Facebook Comments

