Mon. Apr 29th, 2024

न्यूयोर्कमा रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न

न्यूयोर्क, २०७७ असोज १९ गते सोमबार

नेपाली लायन्स नेटवर्क न्यूयोर्कको समन्वय र लायंन्स क्लब क्वींस नेपालिज, क्वींस बुद्ध र क्वींस केटीएमको संयुक्त आयोजनामा यही अक्टोंवर ३, २०२० मा “रक्तदान कार्यक्रम” सम्पन्न भएको छ ।

न्यूयोर्क ब्लड सेण्टर को प्राविधिक प्रायोजनमा रक्तदाताहरूको COVID-19 safety लाई ध्यानमा राखेर सामाजिक दूरी र मास्क प्रयोगलाई अनिवार्य उपयोग गरी आयोजित उक्त कार्यक्रम क्वींस स्थित सन्नीसाइड कम्यूनिटी सेन्टर मा सम्पन्न गरिएको हो ।

सो अवसरमा अधिकार संस्थाले Census-2020 सम्बन्धी शिक्षामूलक सामग्री बितरण पनि गरेको थियो । नेपाली लायंन्स क्लब नेटवर्कका कार्यक्रम संयोजक अशोक कार्कीका अनुसार उक्त कार्यक्रममा ७० जना रक्तदाताहरूले स्वतस्फूर्त रक्तदान गरेका थिए । Lions Clubs International District 20-K1 का प्रमुख अतिथि District 1st Vice-Governor ऐन्थोनी कोचरान, जोन चेयर पुरुषोत्तम पन्थी, डिस्ट्रिक्ट आसिस्टेण्ट क्याबिनेट एलिन विंग, लियो विंग, बरिष्ट लायंन मंगलदास श्रेस्ठ, वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली, एनआरएन न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी लगायतका नेपाली सामाजिक अग़ुवाहरू लगायत ३ वटै नेपाली लायन्स क्लबका स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।

तीनवटै नेपाली लायंन्स क्लबहरूको संयुक्त समन्वय संजाल “नेपाली लायन्स नेटवर्क न्यूयोर्क” संयोजक लायन कृष्ण आचार्यले कार्यक्रम सफल बनाऊँन रक्तदान गरी सहयोग गर्ने रक्तदाता, कार्यक्रममा आर्थिक सहयोग गर्ने नेपाली समुदायका ब्यवसायी र चन्दादाता तथा सबै लायन्सकर्मी स्वयंसेवकहरू लगायत अन्य सबैमा आभार ब्यक्त गर्दै भावी दिनमा पनि सबैबाट यसप्रकारका मानवीय सेवा कार्यमा निरंन्तर सहयोग र सहभागिता प्राप्त भैरहने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments