Sun. Apr 13th, 2025

गाजामा हमासको प्रमुख मुद्रा विनिमयकर्ता मारेको इजरायली सेनाको दाबी   

जेरुसेलम, २०८१ चैत २३ गते शनिबार । इजरायल रक्षा बल (आइडिएफ) ले शुक्रबार एक वक्तव्यमा गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकता मानिएका सइद अहमद अबेद खुदारीलाई मारेको बताएको छ ।

आइडिएफका अनुसार बिहीबार मारिएका खुदारी ‘हमास भित्रका प्रमुख आतङ्कवादी वित्तीय सहजकर्ता’ थिए ।

मुद्रा विनिमयकर्ताका रूपमा आफ्नो भूमिकामा खुदारी अल वेफाक कम्पनी कोषका प्रमुख थिए भन्दै आइडिएफले अल वेफाक कम्पनीलाई इजरायली सरकारद्वारा ‘आतङ्कवादी संस्थाहरूमा रकम पु¥याउने कार्यमा संलग्न भएका कारण’ आतङ्कवादी सङ्गठन घोषित गरिएको थियो ।

आइडिएफले खुदारी वर्षौंदेखि विशेष गरी सन् २०२३ अक्टोबर ७ पछि ‘हमासको सैन्य पक्षमा धेरै वित्तीय हस्तान्तरणहरूमा संलग्न’ पनि भनेको छ ।

उनको संलग्नता सन् २०१९ मा उनका भाइ हामेद खुदारीको हत्या पछि बढेको थियो । आइडिएफका अनुसार हामेद हमासको सैन्य कार्यका लागि एक प्रमुख वित्तीय माध्यम पनि थिए । सिन्ह्वा

Facebook Comments