रवि लामिछानेलाई थुनामा पठाउने आदेश
सिद्धार्थनगर, २०८१ चैत २२ गते शुक्रबार । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दाका आरोपी रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।
इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर, बुटवलका इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिनुभयो ।
यसअघि रू एक करोड धरौटीमा छाड्ने जिल्ला अदालत रूपन्देहीको आदेशलाई उच्च अदालतले बदर गरेको हो । रासस
Facebook Comments

