Wed. Apr 16th, 2025

नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार थाइल्याण्डको बैङ्ककमा भेटवार्ता गर्नुहुँदै । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाण्डू, २०८१ चैत २२ गते शुक्रबार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता फलदायी रहेको बताउनुभयो ।

“हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल ग¥यौँ”, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले भन्नुभएको छ । उहाँले यसवर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरु विशेष गरी विपद् व्यवस्थापन र समुन्द्री यातायातका क्षेत्रहरुमा पनि कुरा गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी मोदीबीच आज अपराह्न करिब ४५ मिनेट एक्ला–एक्लै भेटवार्ता भएको थियो ।

Facebook Comments