काठमाण्डूको तीनकुनेमा आयोजित राजावादीहरूको विरोध कार्यक्रम र त्यसवरपर आज जे देखियो…..जस्ताको तस्तै
- काठमाण्डूमा राजावादीहरु र सुरक्षाकर्मीवीच डरलाग्दो झडप, दर्जनौं घाईते एकजनको ज्यान गयो

भिओके समाचार/ काठमाण्डू, २०८१ चैत १५ गते शुक्रबार । काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादीहरुले गरेको विरोध प्रर्दशनमा सुरक्षाकर्मीसँगको झडपमा दर्जनौं मानिसहरु घाईते भएका छन् भने एकजनाको ज्यान गएको छ ।
तीनकुनेबाट राजासंस्थावादीहरू निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढेपछि तिनकुने क्षेत्र तनावग्रस्त बनेको थियो । दुर्गा प्रसाई लगायतका नेताहरुले नेतृत्व गरेको जुलुस गाडिसँगै प्रहरीको घेरालाई पार गर्न खोजेपछि प्रहरीले झण्डै ३०० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो भने केही राउण्ड हवाई फायर समेत गरेको थियो ।
प्रहरीले करिब तीन सय राउन्ड अश्रुग्यास प्रहार गरेको छ । संसद् भवनतर्फ आउन खोजेपछि रोक्ने क्रममा प्रहरी र पूर्वराजा समर्थकहरुको बिचमा ढुंगाहानाहान भएको हो । प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेपनि अगाडि बढ्न खोजेपछि तनाव उत्पन्न भएको थियो ।
प्रहरीले कार्यक्रममा अवरोध गर्न खोजेपछि प्रदर्शनकारी आक्रोसित भई सर्वसाधारणहरुको घरहरु तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए । तर प्रदर्शनकारीहरुले ती घरहरुमा बसेर सुरक्षाकर्मीहरुले आफुहरुलाई वारम्वार अश्रुग्याँस प्रयोग गरेको बताएका छन् । प्रर्दशनकारीहरुले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेतृत्व गर्नुभएको नेकपा एकिकृत समाजवादी पार्टीको कार्यलयमा समेत तोडफोड गरेका थिए ।
राजावादी प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभएको छ ।
त्यस्तै तीनकुनेको एक भवनमा प्रदर्शनकारीले गरेको आगजनिमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।
वर्तमान सरकार र राजनीतिक दलहरुको भ्रष्ट नीति, परिवार र पार्टीवादबाट आक्रोसित भएर जनताले राजाको नेतृत्व माग गरेका हुन् । गृहमन्त्रालयले आज साँझ केही राजावादी नेताहरुलाई समेत पक्राउ गरेको बताएको छ ।