Thu. Mar 27th, 2025 06:10:10

कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय

कुलमान घिसिङ

काठमाण्डू, २०८१ चैत ११ गते सोमबार ।  सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।

नेपाल टेलिभिजनका अनुसार आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । उर्जा मन्त्रालयले घिसिङलाई सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

यसैबीच सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयगरेसँगै आजै मन्त्रिपरिषदको बैठकले शाक्यलाई नियुक्त गरेको हो ।

घिसिङलाई पदबाट हटाउने निर्णय गरेको समाचार बाहिरीए लगत्तै सामाजिक सञ्जालमा सरकारविरुद्ध चर्को आक्रोस व्यक्त भएको छ । सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरुले घिसिङको पक्षमा निरन्तर पोष्टहरु गरिरहेका छन् । उनीहरुले विद्युत प्राधिकरणलाई भ्रष्टाचार र कमिसनको अखडा बनाउन ओली सरकारले कुलमानलाई हटाएको भन्दै आक्रोस पोखेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई बहुमतको दम्भमा गरिएको घिसिङलाई निकाल्ने सरकारको निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्नुभएको छ ।

 

 

Facebook Comments