चीनको विकासबाट सकेसम्म लाभ लिनुपर्ने विज्ञहरुको धारणा

रमेश हतुवाली/काठमाण्डू, २०८१ चैत ७ गते बिहीबार । चीन र भारतजस्ता उदयीमान र शक्तिशाली छिमेकी हुनु नेपालका लागि राम्रो अवसर भएको विज्ञहरुले बताएका छन् । चीनमा हालै सम्पन्न चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जनकांग्रेस र चीनको माथिल्लो सदन चिनियाँँ जनराजनैतिक परामर्श दात्री सम्मेलनले निकालेका निचोड र त्यसबाट पर्ने प्रभाव लगायतका विषयमा बोल्नुहुँदै विज्ञहरुले सो विचार व्यक्त गरेका हुन् ।
चीन र भारतजस्ता उदयीमान छिमेकी हुनु नेपालका लागि राम्रो अवसर भएको विज्ञहरुको भनाइ, चीनले गरिवी निवारण, स्थिर विकास र प्रविधीको क्षेत्रमा हासिल गरेका उपलब्धिहरुबाट नेपालले सिक्नुपर्ने धारणा ।।
काठमाण्डूस्थित फ्रेण्डस् अफ सिल्क रोड क्लव नेपालले आज काठमाण्डूमा आयोजना गरेको चीनका दुई सत्र, २०२५ः नेपालका लागि पाठ, अवसर र प्रभाव विषयक अन्तरक्रियमा बोल्नुहुँदै विज्ञहरुले चालिस वर्षको अन्तरालमा चीनले गरिवी निवारण, पर्यवरण संरक्षण, आर्थिक विकास र विज्ञान तथा प्रविधिको क्षेत्रमा हासिल गरेका उपलब्धिहरु महत्वपूर्ण रहेका बताउनु भयो ।

अन्तरक्रियामा बोल्नुहुँदै नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कर्ण बहादुर थापाले चीन र भारत जस्ता विश्वका सर्वशक्तिमान देशहरु नेपालको छिमेकी भएको समयमा पनि नेपालले उचित लाभ लिन नसकेको बताउनुभयो । नेता थापाले उनीहरुका नीति भित्र रहेर नेपालले कसरी फाइदा लिन सक्छ भन्ने विषमा सबै गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल विदेश मामिला संस्थाका अध्यक्ष गोपाल खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको पछिल्लो विदेश नीति, रुस युक्रेन युद्ध लगायतका विषयमा चर्चा गर्नुहुँदै सिंगो मानवजातिको हितका लागि उत्तरी छिमेकी चीनले लिएको विश्वव्यापी नीति महत्वपूर्ण भएको बताउनुभयो । अध्यक्ष खनालले भ्रष्टाचारलाई निमूल पार्न र गरिवी निवारणमा चीनले लिएको रणनीतिलाई नेपालले सिक्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

सेडाका कार्यकारी निर्देशक अर्जुन बरालले चीनले पछिल्ला ४ दशकमा हजार वर्षमा पनि पुुरा गर्न नसक्ने खालको चमत्कारपूर्ण विकास गरेको जानकारी दिनुहुँदै चीनको विकासबाट नेपालले सिक्न ढिलो गर्न नहुने बताउनुभयो ।

अन्तरक्रियामा बोल्नुहुँँदै नेपाली कांग्रेसका नेता मधु आचार्यले सन् २००० देखि २०१८ सम्म चीनले हासिल गरेका उपलब्धिहरुले विश्वमै ठूलो प्रभाव छाड्न सफल भएको र सन् २०२५ सम्मको अवधिमा चीनको अद्भुत विकासको अनुभव विश्वले गरिरहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अन्तर्राष्ट्रिय विभागका प्रमुख युवराज चौलागाईले चीनले राजनीतिक स्थायीत्वका क्षेत्रमा विश्वमै गौरव स्थापीत गरेको बताउनहुँदै चीनको विकासले विश्वमै नयाँ नेतृत्वको संकेत गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रम आयोजक संस्था फ्रेण्डस् अफ सिल्क रोड क्लव नेपालका महासचिव डाक्टर कल्याण राज शर्माले चीनमा हालै सम्पन्न दुई वटा अधिवेशनले विश्वकै ध्यान केन्द्रित गरेको जानकारी दिनुहुँदै ती अधिवेशले पारीत गरेका विषयहरुको प्रभावका सन्दर्भमा नेपालले गर्नुपर्ने तयारीलाई केन्द्रित गर्दै कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
अन्तरक्रियमा विभिन्न राजनीतक दलका नेता तथा कार्यकर्ताहरु, मैत्री संस्थाका प्रतिनिधी, प्रध्यापक, डाक्टर, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।