Fri. Apr 26th, 2024

बामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, २०७७ असोज ७ गते बुधबार

सर्वोच्च अदालतले नेकपाका नेता बामदेव गौतमलाई थप सम्वैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा गरिएको नियुक्तिको विषयलाई पनि यथास्थितिमा राख्न अदेश भएको छ । गोरखापत्र अनलाईनका अनुसार गौतमलाई राष्ट्रियसभा सदस्य पदमा नियुक्त गरेको विषयमा अधिवक्ता दिनेश त्रिपाठी र अन्यले दायर गरेको मुद्दाको सुनुवाइका क्रममा असोज १४ गतेसम्म थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य नगर्नु नगराउनु भन्ने आदेश न्यायाधीश डा. आनन्द मोहन भट्टराइको इजलासबाट भएको हो ।

साथै सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने कुरा अदेशमा उल्लेख छ ।

Facebook Comments