प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना
काठमाण्डू, २०८१ फागुन १४ गते बुधबार । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गर्नुभएको छ ।
राससका अनुसार मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले “महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !!”, लेख्नुभएको छ ।
महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।
Facebook Comments

